News Griha :: न्यूजगृह
शिक्षामा बजेट न्यून हुँदा धेरै काम प्रभावित : बास्कोटा

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षा क्षेत्रमा कम बजेट भएको बताएका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जको ५१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले त्रिविजस्तो देशकै सबैभन्दा जेठो र ठूलो विश्वविद्यालयमा आवश्यक बजेट र जनशक्ति व्यवस्थाका लागि निरन्तर पहल गरे पनि सम्बोधन नभइदिँदा अनुसन्धान तथा कर्मचारीको वृत्तिविकासँग सम्बन्धित कामकाज प्रभावित हुन पुगेको बताए ।

उनले नेपाल सरकारको स्वीकृतिबिना त्रिभुवन विश्वविद्यालयममा कर्मचारी दरबन्दी वृद्धि गर्न नपाइने व्यवस्था रहेको जानकारी दिँदै अदालतमा परेको मुद्दा मामिलाका कारणसहित एक वर्षदेखि त्रिवि सेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी नियुक्ति तथा बढुवा प्रक्रिया अवरुद्ध भएको स्पष्ट गरे ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:०५
Weather Update