News Griha :: न्यूजगृह
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, अब कुन सवारीसाधनलाई कति लाग्छ ? 

काठमाडौं— काठमाडौं महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क तोकेको छ ।

सोमबार महानगरकी उपमेयर सुनिता डंगोलले महानगरभित्र दुई पाङग्रे र चार पाङग्रे सावरीसाधनको शुल्क निर्धारण गरिएको भिडिओमार्फत जानकारी गराएकी छिन् ।

भिडिओमा भनिएको छ,‘महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।’

यस्तै दुई पाङग्रे सवारीसाधनले आधा घण्टा पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने भिडिओमा बताइएको छ ।

‘एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ  । ४ पाङग्रे सवारीसाधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । त्यसरी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जानेछ,’ भिडिओमा जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:२२
Weather Update