राजनीति
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बसेको हो ।
गठबन्धनको बैठक मंगलबार बेलुका पनि बसेको थियो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।
आज उक्त मस्यौदामाथि नेताहरूले आआफ्ना विचार प्रस्तुत गर्ने छन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ ।
मंगलबारको बैठकमा दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको थिएन । आज भागबन्डामा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १०:१३













