एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ ।
कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेकाे हाे ।
बैठक बिहान १० बजेबाट सुरु हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनकाे भनाइमा बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डामा छलफल हुनेछ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०९:१९