News Griha :: न्यूजगृह
किन बस्दैछ कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक ? 

काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ ।

केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

एक पदाधिकारीका अनुसार आजको बैठकले भोलि मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने भनिए पनि तयारी नपुगेको भन्दै भोलिसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:१७
Weather Update