News Griha :: न्यूजगृह
बाग्मती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं— मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

जसका कारण मुलुकभार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साउन १ गते सोमबार पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २२:०६
Weather Update