व्यवहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको भन्दै उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे ।
‘हामीले प्राप्त गरेको ज्ञान र ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यवाहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ,’उनले भने ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २०:२८