News Griha :: न्यूजगृह
शरणार्थी प्रकरणमा केशव तुलाधरलाई धरौटीमा छाड्ने आदेशलगत्तै ललिता निवासमा पक्राउ

काठमाडौं— जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तुलाधरलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसएसपी दिनेश आचार्यले तुलाधारलाई अदालतबाटै नियन्त्रणमा लिएको पुष्टि गरे । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:३८
Weather Update