ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई अदालत पेश गर्न आदेश

काठमाडौं— सर्वोच्च अदालतले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितलाई सोमबार इजलासमा पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले आइतबार संक्षिप्त सुनुवाइपछि पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरूलाई इजलासमा पेश गर्ने आदेश दिएको हो ।
आइतबार समय अभावका कारण सुनुवाइ नसकिने अवस्था देखिएपछि इजलासले सोमबार प्राथमिकताका साथ पेशी व्यवस्थापन गर्न आदेश दिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराउने अनियमितता पक्ररणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १७ जनालाई पक्राउ गरेर किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १८:३२