लम्पी स्किनबाट पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ : सांसद पाण्डे

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद एवम् उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुति राम्रो हुनुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार सेवा प्रदान गर्ने निकाय भएकाले देशमा भइरहेका विपद् र समस्याको समाधानका लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले अहिले देशभर लम्पी स्किनको समस्या रहेकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई सहयोगको राहत प्याकेज ल्याउनुपर्ने बताए ।
उनले भने, ‘संसदमा सरकारको पर्फमेन्स राम्रो हुनुपर्छ । सरकार भनेको सर्भिस डेलिभरी गर्ने ठाउँमा बस्ने निकाय हो । त्यसले देशमा भइरहेका घटनाका समाधान गर्ने योजना बनाउनुपर्छ । अहिले लम्पी स्किनको समस्या छ । यसबारेमा कृषि मन्त्रालयले चासो दिनुपर्छ । पीडित किसानलाई सहयोग गर्ने कार्यक्रम आउनुपर्छ ।’
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १८:२६