News Griha :: न्यूजगृह
६ प्रतिशतले बढ्यो हवाई भाडा, भोलिबाट लागू हुने 

काठमाडौं— वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने बताएको छ। साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने संघले बताएको हो।


सरकारले लगाएको मूल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ। ‘वायुसेवा कम्पनीहरूले साउन १ गते देखी लागू हुनेगरि हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तिमा भनिएको छ । 

व्यवसायीका अनुसार सबै दूरीमा करिब ६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:४९
Weather Update