News Griha :: न्यूजगृह

काठमाडौं— प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको स्वीकार गरेका छन् ।

आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताए । 

उनले भने, ‘समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरू उत्पन्न भइरहेको छ । संविधानले नै खाली हुनुभन्दा एक महिना अगाडि न्यायाधीशहरूको नियुक्तिको सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ । त्यसको पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन् । त्यसलाई हामीले कडाइका साथ पालना गर्ने र खाली हुनु एक महिना अगाडि नै न्यायाधीशको सर्वोच्च र उच्च अदालतमा नियुक्त गर्ने व्यवस्थालाई लागू गर्न सक्नु पर्छ ।’  

वस्तुनिष्ठ आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा समेत जोड दिएका उनले अझै पनि न्यायाधीश नियुक्तिमा प्रयास गरिरहेको बताए ।  

‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु,’ उनले भने ।  सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषद्को बैठक बस्न सकेको छैन । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:५५
Weather Update