News Griha :: न्यूजगृह
श्रमिकको न्यूनतम पारिश्रमीक २५ हजार पुर्‍याउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन 

काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्ने गरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

आइतबार माइतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमूलक प्रदर्शन गरेको हो ।

nc trade union chair yogendra bahadur kunwar1689494228.jpg
योगेन्द्रकुमार कुँवर

हरेक दुई वर्षमा श्रमिकहरूको पारिश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।

उनले सरकारलाई श्रमिकहरूको न्यूनतम पारिश्रमीक कम्तीमा २५ हजार रुपैयाँ बनाउन माग गरेको छ ।  

tred union congress1689494229.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:३८
Weather Update