News Griha :: न्यूजगृह

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले आन्तरिक रुपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए ।

उनले भने, ‘डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’ मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाइ काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताए ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:५०
Weather Update