News Griha :: न्यूजगृह
कहाँ—कहाँ छ बाढीको जोखिम? 
फाइल तस्बिर ।

काठमाडौं — आइतबार दोलखा र सिन्धुपाल्चोक आसपास भई बहने केही ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले दुई जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

साथै सङ्खुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र रोल्पा, दार्चुला आसपास भई बहने नदीहरूमा पनि पानीको बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १०:४९
Weather Update