
काठमाडौं— सरकारले विभिन्न मुलुक तथा कूटनीतिक नियोगका लागि ६ जना राजदूत सिफारिस गरेको छ ।
नेतृत्वविहीन सात दूतावासमध्ये ६ वटा दूतावासका लागि राजदूत सिफारिस गर्दै सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
मन्त्रिपरिषद्को बैठकले मन्त्रालयले सिफारिस गरेका ६ जनाको नामलाई अनुमोदन छ ।
जसमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधिमा सहसचिव लोकबहादुर थापा, संयुक्त अरब इमिरेट्समा सहसचिव तेजबहादुर क्षेत्री, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी, मन्त्रालयको क्षेत्रीय संगठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि सिफारिस भएका छन् ।
शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्स र घनश्याम लम्साल कुवेतका लागि राजदूत सिफारिस भएका छन् । सिफारिस गरिएका सबै परराष्ट्रसेवामा कार्यरत कर्मचारी हुन् । अब क्यानडाको राजदूत सिफारिस हुन बाँकी छ । त्यसका लागि पनि पहल भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।