नेपाल वायुसेवा निगममा जागिरको अवसर [सूचनासहित]
![नेपाल वायुसेवा निगममा जागिरको अवसर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/nepal air1680880437.jpg)
काठमाडौं— नेपाल वायुसेवा निगमले विमान परिचारिका (एअर होस्टेज) पदमा दरखास्त आवेदन आह्वान गरेको छ ।
निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका रिक्त ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।
निगमले आज आइतबार सूचना प्रकाशित गर्दै प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।
योग्य नेपाली नागरिकले १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० ०८:१६