News Griha :: न्यूजगृह
किन जाँदैछन् परराष्ट्रमन्त्री साउद थाइल्याण्ड ?

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् ।

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

मन्त्री साउदसहितको टोली दिउँसो साढे १ बजे थाई स्माइल एअरवेजमार्फत बैंकक प्रस्थान गर्नेछ ।

मन्त्री साउदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:२८
Weather Update