News Griha :: न्यूजगृह
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा पाँच जनाको मृत्यु

काठमाडौं— भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजे करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बोलबम यात्री सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा दश जना गम्भीर घाइते भएका थिए । तीमध्ये पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य पाँच जना घाइतेहरूको गम्भीर अवस्थामा उपचार जारी छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:५२
Weather Update