News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन्  । शनिबार बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओली कम्बोडिया भ्रमण जाने बताएका हुन् ।

अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उनको भनाई छ । यसैबीच, सचिवालय बैठकले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।

ज्ञवालीले भने, ‘स्थायी कमिटीका वरिष्ठ सदस्य कमरेड गुरु बराललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिने निर्णय भएको छ । अरु केही कमरेडहरुको जिम्मेवारीमा सामान्य हेरफेर भएको छ । ’ 

अमेरिकी अनुदान परियोजना एमसीसी तत्काल कार्यान्वयनमा लैजानु पर्ने पनि एमालेको मत छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:०३
Weather Update