प्रतिपक्षी
सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि
काठमाडौं— नेकपा एमालेले सरकारको कामप्रति चरम असन्तुष्टि जनाएको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरकार समक्ष ६ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्दै सरकारका कामप्रति चरम असन्तुष्टि पोखेको हो ।
समसामयिक प्रस्तावमा सत्ता गठबन्धले संविधानको उल्लङ्घन गर्नेदेखि संवैधानिक संस्थाहरूमा हस्तक्षेप गरेको, विश्वविद्यालयमा संरक्षित संगठन बाट हस्तक्षेप गरेको, बाढीबाट भएको धनजनको क्षतिप्रति मौन बसेको, विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेकोलगायतका आरोप लगाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १९:२८