News Griha :: न्यूजगृह

काठमाडौं— शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताएकी छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो ।’

उनले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको उल्लेख गरिन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर, व्यवहारिक रूपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाएको उनको भनाइ छ । 

मन्त्री गुरुङले अन्य दलहरूले ठूलो भाषण गरेर आश्वासन बाँडे पनि अन्य पार्टीको विधानमा, व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताइन् । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:४३
Weather Update