News Griha :: न्यूजगृह
महामन्त्रीलाई प्रवक्ताको चुनौती : पार्टी नेताको आलोचना केन्द्रीय समितिमा गर्नुस्
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीहरूलाई लक्षित गर्दै पार्टी नेताको आलोचना केन्द्रीय समितिमा गर्न चुनौती दिएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री समेत रहेका महतले भने, ‘हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो ।’ 

उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे । पार्टीप्रतिको आलोचनाका कारण जनताहरू के हो कांग्रेस भन्ने स्थितिमा पुगिसकेको उनको भनाइ छ । 

‘यिनीहरू त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरूको पार्टीमा किन लाग्ने भन्छन् कि भन्दैनन्, त्यसैले केन्द्रीय समितिको बैठक २ गतेलाई तोकिएको छ, त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौँ, क्षेत्रीय समिति, गाउँ, नगर समिति छ त्यहाँ भनौँ,’ उनले भने । 
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:१३
Weather Update