नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला
काठमाडौं— अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर आएका नयाँ पार्टीहरू टिक्न नसक्ने टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘जताजता पात हल्लियो, त्यतात्यतै कुरा हामी गर्दैनौँ । अहिले नयाँनयाँ प्रवृत्तिहरू यिनीहरूले गर्दैनन्, हामी गर्छौँ भनेर आएका छन्, टिक्दैनन् ।’’
उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गर्दै भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १८:०३
थप भिडियो















