कांग्रेस सबैको पार्टी हो : सभापति देउवा
काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सबै जनसमुदायको पार्टी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ ।’
उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए । ‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो । विशेषगरी नेपालको राजनीतिमा सबैको भूमिका, सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ,’ उनले भने ।
उनले कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १७:२८
थप भिडियो