News Griha :: न्यूजगृह
कार्यकाल सकिएपछि शीतल निवास छाड्दै राष्ट्रपति भण्डारी

काठमाडौं— मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् ।

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शीतल निवासबाट निजी निवासमा सर्ने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भण्डारीको बुढानिलकण्ठमा निजी निवास छ ।

गत बिहीबार नयाँ राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । पौडेलले भोलि सोमबार शपथ लिने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:०६
Weather Update