News Griha :: न्यूजगृह
सरकारले गर्‍यो ६ राजदूत सिफारिस

काठमाडौं— सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको हो ।

संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन् ।

थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई पनि राजदूतमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:४४
Weather Update