नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । बैठक शुक्रबारबाट सुरु भएको हो ।
कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको शुक्रबारकाे बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
शुक्रबारको बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी गराइएको थियो । आजको बैठकमा वर्तमान र हाम्रा कार्यभार : सबैबाट विचारहरूको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता कार्ययोजना जस्ता एजेन्डामा छलफल हुने बताइएको छ ।
त्यसैगरी कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापन विषयमा पनि बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ०७:१८