गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउन खोजे : अध्यक्ष ओली

पाल्पा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् ।
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा आज पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश दल आबद्ध गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउन प्रयास गरेको टिप्पणी गरेका हुन् ।
सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियान मार्फत् अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताए ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजनीतिक र राष्ट्रियता संकटमा रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ २२:१६













