एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, एमसीसीबारे कुराकानी

काठमाडौं— नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसद्ले एमसीसी पास गरेकोमा धन्यवाद दिए ।
उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरू नेपाल आउने जानकारी गराएको एमालेले जनाएको छ ।
शुक्रबार काठमाडौंका आएका लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० २०:०५