News Griha :: न्यूजगृह
सभामुखद्वारा बजेट सम्बन्धित विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस  

काठमाडौं—  बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणिकरणका राष्ट्रपतिसमक्ष पेस भएको छ ।

सभामुख देवराज घिमिरेले संघीय संसद्को दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयकहरू प्रमाणित गरी राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

सभामुख घिमिरेले प्रमाणिकरणका लागि पठाइको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणित गरेर संविधानको धारा ११३ बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएका हुन् ।

राष्ट्रपति पौडेलले पनि शुक्रबार नै विधेयक प्रमाणिकरण गर्ने तयारी गरेका छन् । त्यससँगै आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित हुनेछ । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:५३
Weather Update