News Griha :: न्यूजगृह
योगेश भट्टराई भन्छन्— शिक्षा क्षेत्रका समस्या समाधान नयाँ शिक्षा ऐनले मात्र गर्छ

काठमाडौं— नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौं शिक्षक सौगात २०८०’ विमोचन गर्दै भट्टराईले एने आवश्यक भएको बताए ।

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यसमेत रहेका उनले शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:०३
Weather Update