News Griha :: न्यूजगृह
पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गर्‍यो आन्तरिक मूल्याङ्कन मापदण्ड

काठमाडौं— पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार विद्यार्थीका सिकाइ समस्या पहिचान गरेर सुधार ल्याउन मापदण्ड सार्वजनिक गरिएको हो ।

बाह्य मूल्याङ्कनको मूल आधार आन्तरिक मूल्याङ्कनको नतिजा र बाह्य मूल्याङ्कनको योग भएकाले मापदण्ड ल्याइएको हो ।

आन्तरिक मूल्याङ्कनमा विद्यार्थीको दैनिक उपस्थिति कक्षाकार्य, व्यक्तिगत तथा समूहकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य जस्ता मूल्याङ्कनका आधारलाई प्रयोग गर्नुपर्ने छ ।

अभिभावक सम्पर्क, घटनावृत्त अभिलेख, विद्युतीय सञ्चार माध्यमबाट उपयुक्त सामग्रीको सङ्कलन र प्रस्तुतिकरण जस्ता माध्यम उपयोग गर्नुपर्छ ।

यसबाट प्राप्त नतिजालाई अभिलेखीकरण गरी अभिभावसँगसमेत विद्यार्थीका प्रगतिका बारेमा अन्तर्क्रिया गरिनुपर्ने मापदण्डमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:५४
Weather Update