शिक्षक दरबन्दी थपबारे के भन्छन् शिक्षामन्त्री ?

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था भएको जनाएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले हाल सामुदायिक विद्यालयमा ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था भएको बताएका हुन् ।
त्यस्तै शिक्षालाई सीपमूलक बनाउने प्रयास थालिएको उनको भनाइ छ । उनले भने,‘शिक्षामा युवालाई छोटो अवधिको रोजगारमूलक तालिम दिने कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ ।’
मन्त्री राईले ३६ हजार विद्यालय कर्मचारी व्यवस्था गर्न एकमुष्ट अनुदान उपलब्ध गराएको पनि जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० ०८:५२