News Griha :: न्यूजगृह
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै,एमसीसी कार्यान्वयन मुख्य एजेण्डा

काठमाडौं— अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज एकदिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् ।

नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:३४
Weather Update