यी जिल्लामा भारी वर्षा
काठमाडौं— सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ ।
सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ ।
बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० ०६:२५