News Griha :: न्यूजगृह
भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं— भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भानु जयन्तीका अवसरमा शुक्रबार बिदा दिइएको छ ।

भानु जयन्तीको अवसरमा आज प्रभातफेरि, प्रवचन, पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

भानु नगरपालिका–४ चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:१२
Weather Update