News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८० पेस गर्ने र राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक-२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०५:५८
Weather Update