News Griha :: न्यूजगृह
प्रत्येक सामुदायिक विद्यालयमा १-१ जना ईसीडी शिक्षक र कर्मचारी थपिने

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)  प्रत्येक सामुदायिक विद्यालयमा १/१ जना थप गर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि सांसद उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले १—१ जना विद्यालय सहयोगी कर्मचारी पनि प्रत्येक माध्यमिक विद्यालयमा थप गर्ने बताएका छन् ।

मन्त्री राईले ३६ हजार कर्मचारी व्यवस्थापन गर्न एकमुष्ट अनुदान उपलब्ध गराएको बताएका छन् । शिक्षक—कर्मचारीका समस्या समाधानका लागि वार्ता टोली गठन गरी काम अघि बढाइएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:२१
Weather Update