कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमण्लाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।
भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । आज १ हजार ४ सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १९:२२













