सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

काठमाडौं— सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।
अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ लेखकले भने ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १९:११













