कांग्रेसले दाबी गर्यो ९ मन्त्रालय

काठमाडौं— सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ ।
मन्त्रालय बाँडफाँटको लागि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ मन्त्रालय दाबी गरेको हो ।
यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी गरेका छन् ।
लोसपाले भने २ वटा मन्त्रालय मागेको बालुवाटार स्राेतले बताएकाे छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १८:५८













