News Griha :: न्यूजगृह
मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय

काठमाडौं— सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुन संशोधन गर्ने निर्णय गरेका छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

एकजना मन्त्रिपरिषद् सदस्यको भनाइमा कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय भएकाे छ ।

स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

मिटरब्याजका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका विभिन्न जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ । उनीहरूले काठमाडौंको माइतीघरमा दुई दिनदेखि प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:०५
Weather Update