News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल पत्नी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखियो

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । 

बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरू, विशिष्ट व्यक्तित्वहरू पुगेका छन् । 

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन् । आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुर्‍याइएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:४३
Weather Update