उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश

काठमाडौं— उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ ।
विद्यार्थीरूले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले ५ चैत्रमा स्ववियु चुनावको मिति तोके पनि विद्यार्थी संगठनहरूबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १७:५७













