News Griha :: न्यूजगृह
सीताको आजै अन्त्येष्टि गरिने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आजै अन्त्येष्टि गरिने भएको छ ।

गम्भीर प्रकारको राेग पार्किन्सन्सबाट गुज्रिइरहेकी उनको बुधबार बिहान ८:३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो २ अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५२
Weather Update