News Griha :: न्यूजगृह
 सुनसरी र मोरङमा भारी वर्षा 

काठमाडौं— जल तथा मौसम विज्ञान विभागले अहिले सुनसरीको तरहरा, धरान र मोरङको सुन्दरहरैँचा आसपास भारी वर्षा भइरहेको जनाएको छ ।

उक्त स्थान भई बहने स–साना नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स–साना नदीका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहने स्थानीयवासीले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:२२
Weather Update