
काठमाडौं— संयुक्त आन्दोलन विद्यालय कर्मचारी समिति संयोजक तथा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारसँग मंगलबार भएका सहमतिका बुँदाहरु अक्षरसः कार्यान्वयन गराउन सशक्त आन्दोलन जरुरी रहेको बताएका छन् ।
नेपालमा सामन्ती राजतन्त्र फ्याँक्न जसरी २०६२/६३ को जनआन्दोलन भयो त्यो भन्दा कडा ढंगले विद्यालय कर्मचारीले पनि आफ्ना माग पूरा गराउन सरकारविरुद्ध देशका कुनाकाप्चाबाट विद्यालय कर्मचारीहरु काठमाडौं आई आन्दोलनको आँधी ल्याउनुपर्ने अध्यक्ष तिवारीले बताएका छन् ।
उनले भने,‘आज (मंगलबार) को वार्ता अनि सहमतिलाई पूर्ण कार्यान्वयनमा ल्याउन अझै सशक्त आन्दोलन तयारी हुनुपर्छ । जुन आन्दोलन न त राजा फाल्दा गरिएको थियो त्यो भन्दा अझै कडा रुपमा प्रस्तुत हुन पर्ला । त्यसका लागि सबै साथीहरु तयारीमा रहनुहुन अनुरोध गर्दछु । धन्यवाद ।’