शिक्षक छनोटमा प्रधानाध्यापकले यसरी घुस लिए

काठमाडौं— सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिविलास धितालले शिक्षक छनोटका क्रममा घुस लिएका छन् ।
कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा पर्ने उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापासँग मिलेर धितालले घुस लिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १६ हजार घुससहित दुवै जनालाई पक्राउ गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको छ ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १९:५५