News Griha :: न्यूजगृह
एमालेले भन्यो— प्रधानमन्त्रीको अभिव्यक्ति सकारात्मक  छ

काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गरेको बताए ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने उनले बताए । उनले प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन भने नसकेको बताए ।

उनले भने,‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो । भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन भने सक्नुभएको छैन ।’

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:३८
Weather Update